ताजा समाचार

अन्तरिम विधान बनाउन कम्युनिस्ट पार्टीको कार्यदल बैठक बस्दै

काठमाडौं,१५ फागुन । एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।

बैठक एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन कार्यतालिका बनाउने भएको छ । फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो खाका तयार पार्ने लागिएको कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले जानकारी दिएका छन् ।

कार्यदलको संयोजक माओवादीका नेता रामबहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल छन् । माओवादीका तर्फबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य हुनेछन् ।

यहि कार्यदलले भ्रातृ संगठनहरुको एकीकरणको बिधिपनि  निर्धारण गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org