ताजा समाचार

अर्थतन्त्र उकास्न ओलीले गरे सही व्यक्तिको चयन

काठमाडौं,१५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले खस्कदो अर्थतन्त्रलाइ उकास्नका लागि युवराज खतिवडालाइ अर्थमन्त्री बनाउदा आमरुपमा प्रधानमन्त्री ओलीले सकारात्मक प्रतिक्रिया पाएका छन् ।

सही व्यक्तिको सही ठाउँमा भएको नियुक्तिले गर्दा पनि ओली आलोचनाबाट बाहिर रहेका छन् । अर्थमन्त्री बन्नकै लागि एमालेका प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा भइरहेको थियो । महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अर्थमन्त्रीका दाबेदारका रुपमा थिए ।

एमालेको आन्तरिक समीकरणमा ईश्वर पोखरेल , प्रदीप ज्ञवाली पछिल्ला समयमा नजिक नजिक भएपनि अर्थमन्त्रालय दुवै नेताले पाएनन् ।
अन्तत प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई अर्थ मन्त्री बनाए । डा. खतिवडा नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

खतिवडा वि।सं।२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् ।यस अघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।

डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org