ताजा समाचार

प्रदेश ३ को मन्त्री को को बन्ने भए ?

काठमाडौं, १५ फागुन । मन्त्रीपरिषदलाई पूर्णता दिनका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको स्रोतले जनाएको छ ।

एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेल निकट स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएका छन् । लामाको नाम पनि ओलीले नै दिएका हुन् ।

शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताएको छ । तर पार्टी अध्यक्षले दिएका ढुंगेल र लामाको नाम हटाउने अवस्थामा मुख्यमन्त्री छैनन् । त्यो अवस्थामा शाक्यले भनेको एकजनामात्र मन्त्री बन्दा अरुण नेपाल पर्ने सम्भावना छ ।

माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन तयारी गरेको स्रोतले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org