ताजा समाचार

राजपाले छान्यो दुई मन्त्री

 

जनकपुर,१६ फागुन । प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपालले दुई मन्त्री पठाउने भएको छ ।अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् ।

तर राजपाले राज्यमन्त्रीहरु पठाइसकेको छैन । उता फोरमले भने गृहमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव र भूमिव्यवस्थामन्त्रीमा शैलेसकुमार साहलाई पठाएको छ ।
साथै फोरमले तीन राज्यमन्त्री पनि तय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org