ताजा समाचार

घुस लिँदालिँदै पक्राउ परे यातायात कार्यालयका नासु

काठमाडौं,१६ फागुन । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिने क्रममा पक्राउ परेका छन् ।

उनलाई ३२ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।

भुषाललाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट नियन्त्रणमा लिएर अनुसन्धान जारी गरिएको  आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org