ताजा समाचार

जिल्ला प्रहरी कार्यालय अगाडि गोली चल्यो ,१ गम्भीर घाइते

वीरगञ्ज,१७ फागुन । अज्ञात समूहले प्रहार गरेको गोली लागी बुधबार  वीरगन्जका एक युवक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगला अगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले चलाएको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।

उनलाई वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति विग्रिदै गएको भन्दै थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । गोली दाहिने कोखामा लागेको कारण बढि रक्तस्राव भएको साथै रक्तचाप अनियन्त्रित भएको कारण उनलाई थप उपचारका लार्गि काठमाडौं रिफर गरिएको चिकित्सकको भनाइ छ ।

गोली चलाउनेको खोजि भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

चौरसिया धागोको व्यापारी भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org