ताजा समाचार

जथाभावी लोला हान्ने २७ जना पक्राउ

काठमाडौं,१७ फागुन । होलीमा जथाभावी लोला हान्ने २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गंगबुबाट २ जना र बाफलबाट ५ जना पक्राउ गरेका हुन् ।

पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने परिसरले जनाएको छ । प्रहरीले होलीलाई मर्यादित र सभ्य बनाउन काठमाडौंको १ सय ६ ठाउँमा प्रहरी टोली परिचालन गरेको छ भने २० वटा मोवाइल टोली खटाइएको छ ।बाटो छेकेर होली खेलेकालाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org