ताजा समाचार

गाडीको ठक्करबाट एकको मुत्यु

दाङ, २१ फागुन।  गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।

पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नंको बसले थापालाई ठक्कर दिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– १ सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो ।

थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए । गम्भीर घाइते थापालाई लमही अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org