ओलीको व्यवहारप्रति राजपा नेताहरु उत्साहित
काठमाडौं, २२ फागुन । सरकारमा सहभागि गराउने विषयमा एमाले अध्यक्ष केपी ओली र राजपा बीच झलफल भइरहेको छ । राजपासँग पटक पटक बैठक बस्दा पनि सरकारमा जान आनाकानी गरिरहेका राजपा नेताहरु भने अहिले प्रधानमन्त्री ओली प्रति निकै सकारात्मक देखिन थालेका छन् ।
एमालेले फोरमलाई मात्र महत्व दिएको र आफूहरुलाई कुनै महत्व नदिएको भन्दै गुनासो आएपछि ओलीले राजपा नेतासँगको छलफललाई पनि अगाडि बढाएका हुन् । प्रधानमन्त्री ओलिले राजपालाई पनि सरकारमा सहभागि गराएर देश बनाउने बाटोमा आफू लाग्ने कुरा छलफलमा गरेका थिए । बैठक सकिए लगत्तै राजपा नेताहरुले प्रधानमन्त्रीको व्यवहार मा सकारात्मक परिवर्तन आएको भन्दै सरकारमा सहभागि हुने संकेत दिएका छन् ।
बैठकमा महन्थ ठाकुर बाहेक राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी, महिन्द्र राय यादव र अनिल झा सामुहिक सहभागि थिए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमा निकै परिवर्तन आएको र वास्तविक रुपमा पनि ओली देश बनाउने मिसनमा लागेको राजपाका नेताहरुले बताएका छन् । ओलीले पनि राजपालाई सँगै सरकारमा लैजान चाहेको कुरा पहिलेदेखि नै गर्दै आएका थिए । राजपाले ओलीको मिसनमा मिलेर देशलाई विकासको गतिमा लैजान चाहेको बताएका छन् । सकेसम्म ओली दुईओटै मधेशवादी दलसँग सहकार्य गर्न तयार भएका छन् ।
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...