ताजा समाचार

‘खोट्टाबजी ’का बाबालाई रु एक लाख सहयोग

काठमाडौँ, २२ फागुन ।   सुखावती मल्टी प्रोडक्ट र खोट्टाबजी समूहले कलाकार मानकृष्ण कपाली ‘बाबा’लाई रु एक लाख २२ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुटु रोगबाट पीडित कपालीको उपचारमा सहयोगका लागि विभिन्न कलाकारबाट रकम संकलन गरिएको थियो । ‘इमेज च्यानल’बाट नेवारी भाषामा प्रसारण भएको ‘खोेट्टाबजी’ टेलिसिरियलमा खेल्ने स्थानीय जनबहालमा बसोबास गर्दै आउनुभएका कपालीको केही महिनादेखि मुटुमा समस्या देखिएको छ ।

सुखावती प्रोडक्टका निर्देशक विनोद तुलाधरले कलाकारिताको माध्यमबाट नेवारी भाषा साहित्यको विकासमा योगदान गर्नुभएका कपालीको स्वास्थ्यमा समस्या र आर्थिक अवस्था कमजोर रहेका कारण आफ्नो संस्थाले विभिन्न कलाकारसँग समन्वय गरी मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।  (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org