ताजा समाचार

नहरमा बालिकाको शव फेला

राजविराज, २२ फागुन।  सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज एउटा बालिकाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो

घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।(रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org