ताजा समाचार

सडक अतिक्रमण हटाउँदै नगरपालिका

धुलिखेल, २२ फागुन ।  बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले बनेपा नगरपालिका–६ बुडोलडाँडा आसपास सडक छेउछाउमा व्यवसायी निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ ।

उक्त संरचना हटाउन नगरपालिकाले यही फागुन १० गते सूचना जारी गरेको थियो । समयसीमा सकिएलगत्तै बनेपाको पुल बजारदेखि २८ किलोमिटरसम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन शुरु गरिएको हो ।

पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसँगै सडक साँघुरो बन्दै गएको थियो । सडक अतिक्रमण हटाउन नगरपालिकाले गरेको प्रयास बिफल भएको थियो । बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीका अनुसार सडकको दायाँबायाँ राखिएका पुराना सवारी साधनलाई क्रेनको माध्यमबाट हटाउन थालिएको छ ।

“बाटो छेकिनेगरी राखिएका होडिङ बोर्ड डोजर लगाएर हटाउन थालेका छौँ,” उहाँले भन्नुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org