ताजा समाचार

फेसबुक विवादले लियो विद्यार्थीको ज्यान , ८ जना पक्राउ

 

काठमाडौं, २२ फागुन । काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको छ । उनको विद्यार्थि साथीहरुबाटै हत्या भएको हो।

उनलाई माघ २७ गते तारकेश्वर नगरपालिका(४, फूलबारीमा बेहोस अवस्थामा फेला पारिएको थियो । फेसबुक ग्रुपको विषयलाई लिएर विवाद बढेकाले उनकै साथीहरुले कुटपिट गरेको प्रहरी स्रोतले बताएको छ ।

लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि उनको मृत्यु भएको थियो ।

उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । हत्याको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org