ताजा समाचार

समाजवादी फोरम प्रधानमन्त्री ओलीका पक्षमा

काठमाडौँ, २७ फागुन  संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिने जनाइसकेको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org