ताजा समाचार

किशोरीको अनुहारमा तातो घ्यू खन्याउनेलाई भारत भगाउन सहयोग गर्ने समातिए

कञ्चनपुर, १ चैत्र । बिहे गर्न नमानेपछि युवतीको अनुहारमा तातो घ्यू खन्याएर भागेको आरोप लागेका दिपक चन्दलाई भारत भगाउन सहयोग गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिकाका ३० वर्षीय रमेशदत्त भट्टले चन्दलाई भगाउन आफ्नो मोटरसाइकलमा भारततर्फ पुर्‍याएर फर्किँदै गरेको अवस्थामा भट्टलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

आफ्नै घरमा घ्यू तताएर बसिरहेकी युवती सुनितालाई स्थानीय दिपक  चन्दलले आँखामा घ्यू खन्याएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org