उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई
काठमाडौं ६ चैत उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ ।
नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले आज अपराह्न उपराष्ट्रपतिको कार्यालय पुगेर चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिनुभयो ।
सो अवसरमा उहाँले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको विकास गर्ने प्रयासमा चीन अग्रमोर्चामा रहेर सहयोग गर्ने उल्लेख गर्नुभयो ।
भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिनुभएकामा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिनुभयो ।
भेटमा उहाँले नेपाल र चीन सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (विआरआइ)को प्रशंसा गर्नुभयो ।
उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पु¥याइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीहरूको समेतको उपस्थिति थियो । रासस
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...