ताजा समाचार

दलित समुदायबाटै राष्ट्रपति र प्रधामन्त्री बनाउने मन थियो ः प्रचण्ड

काठमाडौं ७ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायकै व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन भए पनि सफल हुन नसकेको बताउनु भएको छ ।

५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको कार्यक्रममा उनले जनयुद्धका बेला दलितलाई जनसरकार प्रमुख बनाएजस्तै सिंहदरबारको पनि प्रमुख बनाउने मन भए पनि वाध्यतावश सम्झौता गर्नुपरेको बताएका हुन् ।

प्रचण्डले भने ‘मेरो इच्छा भन्नुहुन्छ भने मलाई सम्झौता गर्न मनै थिएन । पुरै दलितलाई शासक बनाएर काठमाडौंमा ल्याएर राख्न मन थियो’ जसरी जनयुद्धमा गाउँगाउँमा आधार इलाका र जनसत्तामा दलितलाई प्रमुख बनाउँदा गर्व गथ्र्यौं । सिंहदरबारमा ल्याएर दलितलाई नै राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा थियो ।’

तर यसो गर्दा प्राप्त उपलब्धी पनि गुम्ने खतरा देखेपछि सम्झौता गरेको प्रचण्डले जिकिर गरे । ‘तर यसरी लागेको लाग्यैं गर्दा सबै सिद्धिने खतरा देखेँ । विद्रोह र क्रान्ति नराम्रोसँग पतन हुने खतरा देखेँ’ उनले भने ।

प्रचण्डले श्रीलंका, पेरु, बर्मा र ल्याटिन अमेरिकी देशको प्रसंग झिक्दै क्रान्तिको उपलब्धी सबै गुम्ने र क्रान्ति नै पतन हुने स्थिति आउन नदिन सम्झौता गरेको बताए ।‘ल्याटिन अमेरिका हेरे पनि हुन्छ, अफ्रिकामा हेरे पनि हुन्छ, समाजवादी सत्ताहरु कसरी पतन भए रु बलिदानै नगरी पुँजीपतिले खोसिदिए’ प्रचण्डले भने ‘मुक्तिको लडाई लड्दै गर्दा हामीले देखेका कयौं देशमा न कम्युनिष्ट पार्टी, न क्रान्ति न बलिदान, सबै जिरोमा गयो ।’

प्रचण्डले आफूले उपलब्धी जोगाउन क्रान्तिलाई सम्झौतामा टुंग्याएको दावी गर्दै पार्टीभित्रकै वुद्धिजीविहरुले बुझ्न नसकेको आरोप लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org