ताजा समाचार

महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था हुन्छ  ः प्रधानमन्त्री ओली

काठमाडौं ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

ललितपुरको सानेपामा विहीबार सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनी उद्घाटन गर्दै ओलीले हालैका निर्वाचनहरुबाट ४१ प्रतिशत महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले महिलाहरुले गरेका जुनसुकै कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

महिलाहरुले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले महिलाहरुलाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने स्मरण गराउदै महिलाहरुलाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आहृवान गरेका छन् ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविश्वासलाई हटाउन लागिपर्ने बताइन् ।

उनले महिलाहरु आर्थिक रुपमा सवल नभएकै कारण समाजमा महिला हिंसा बढेको पनि धारणा राखिन् । मन्त्री थापाले राजनीतिक अस्थिरताका कारण विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गरिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org