ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर
गाईघाट, उदयपुर, १४ चैत । आज बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र अर्का मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तान रहेका छन् ।
अन्य गम्भीर घाइते हुनेहरुमा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।
अहिले इलाका प्रहरी कार्यालय, कटारीबाट प्रहरी परिचालन गरी मृतकलाई प्रहरीले कटारी अस्पतालमा झार्ने कार्य शुरु गरेको छ भने गम्भीर घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाउने कार्य शुरु भएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो ।
आज बिहान ४ बजे ट्याङ्कर सडकबाट अनियन्त्रित भई एक हजार मिटर तल खसेको प्रहरीले बताएको छ ।
घटनास्थल कटारी बजारबाट २६ किलोमिटर पश्चिम उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...