मुख्यमन्त्री र मन्त्रीलार्ई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ
महेन्द्रनगर, धनुषा, १४ । प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।
यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको देखिएको छ । केही महिना पहिलेसम्म प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, नगरपालिकाका अधिकृत प्रमुख अतिथि हुने गर्थे भने अहिले सहजै ती कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त मन्त्री देखिन थालिएका छन् । अहिले खासै मन्त्रीले गर्नुपर्ने कार्य नभएको हुँदा दिनभरि कार्यक्रममा गएर समय बिताउने गरेको बताइन्छ ।
प्रदेशको लागि जिम्मेवारी तोकिएका सबै कर्मचारी नआउँदा कर्मचारी अभावमा सरकारले दैनिक प्रशासनिक काम सोचेअनुसार अघि बढाउन नसकेको अधिकारी बताउँछन् । संघीय सरकारले प्रदेश नं २ मा २२४ कर्मचारी खटाएकामा ११७ जना कर्मचारी मात्र हाजिर भएको मुख्यसचिव राजेश्वरमान सिंहले बताउनुभयो ।
प्रदेश नं २ मा फागुन ३ गते सरकार गठन भएको थियो । मुख्यमन्त्रीसहित यहाँको मन्त्रिपरिषद् १० सदस्यीय छ । छ मन्त्री र तीन राज्यमन्त्रीले पदभार सम्हाली सकेका छन् । प्रदेश प्रमुखको कार्यालयमा खटिएका १८ कर्मचारीमध्ये १६ जना हाजिर भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २१ कर्मचारीमध्ये १२ जना मात्रै आइपुगेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका २३ मध्ये १२ जना मात्र कर्मचारी हाजिर भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा २० कर्मचारीमध्ये १४, आर्थिक मामिला तथा कानून मन्त्रालयमा १८ मध्ये १० जना र उद्योग, पर्यटन तथा वन मन्त्रालयमा २० मध्ये १४ जना मात्रै हाजिर भएका छन् । केन्द्रले प्रादेशिक सरकारको दैनिक काम अगाडि बढाउन एकैसाथ सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी खटाएका थिए ।
कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३३ कर्मचारीमध्ये १८ जना मात्र आइपुगेका छन् । मन्त्रालयअन्तर्गतका पशुपक्षी र सहकारी महाशाखा महानिर्देशकबिहीन छ । बाँकी दुई महाशाखा सामान्य योजना र कृषिमा भने महानिर्देशक आइसकेका छन् ।
प्रादेशिक सरकारको प्रशासनिक भवन जनकपुर चुरोट कारखानाको आवास क्षेत्रमा राखिएको छ । मन्त्रालय र उच्च पदाधिकारीको आवास तथा कर्मचारीको बसोबासका लागि कारखानाको परिसरकै भवन मर्मतसम्भार र रंगरोगन गरिएको छ ।
बाहिर रहेको भौतिक योजना र कृषि मन्त्रालय पनि त्यहीँ सार्ने तयारी भइरहेको छ । मन्त्रालय र प्रशासनिक भवन एकै परिसरमा हुँदा कर्मचारीलाई काम गर्न सहज नै हुने देखिन्छ ।
मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी नआउँदा प्रशासनिक काम अघि बढाउन समस्या परेको भन्दै प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर गुनासो समेत गर्नुभएको थियो । तर त्यसपछि मुख्यमन्त्री पनि आफूलाई सभा, समारोह, गोष्ठी र भोजभतेरमा सीमित गरेको देखिएको छ ।
प्रदेश सरकारले विकास निर्माणको कार्य कहिले थालनी गर्ने हो त्यसको प्रतीक्षा प्रदेशका आम जनता पर्खेर बसेका छन् ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...