प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना
काठमाडौंँ १४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल होइन, जति ठूलो वा जति सानो संख्या भए पनि प्रतिपक्ष नै हो, प्रतिपक्षलाई बेवास्ता गरेर चल्यो भने भविष्यमा सत्ता पक्ष प्रतिपक्षमा जानु पर्नेहुन्छ, यो कुरालाई सत्ता पक्षले बुझेको हुनुपर्दछ ।’’
राष्ट्रियसभाले हरेक कुरामा प्रतिनिधिसभालाई पर्खेर बस्ने भन्ने होइन भन्दै उहाँले समान हैसियत भएकाले राम्रो नतिजाका लागि प्रतिस्पर्धा गरेर काम गर्ने अठोट व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाले मतदाताप्रति उत्तरदायी बन्न स्थानीय तह र प्रदेशसभाका समस्यालाई प्रखररुपमा उठाउने बताउँदै अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहले कानून नपाएर काम गर्न नपाएको अवस्थालाई दृष्टिगत गरी प्राथमिकीकरण गरेर कानून निर्माण गरिने छ भन्नुभयो ।
उहाँले भन्नुभयो–‘‘जनप्रतिनिधिका आवाज जनताले थाहा पाउने ढंगबाट राष्ट्रियसभाका गतिविधिसम्बन्धी समाचार सम्प्रेषण होस् । राष्ट्रियसभालाई सञ्चारमैत्री बनाउन हरप्रयास हुनेछ । जनतालाई सुसूचित गर्ने विषयमा ध्यान दिइने छ ।’’
राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि नै आफूले नेकपा ९एमाले०का साधारण सदस्य समेतबाटै राजीनामा दिएको कुरासमेत उहाँले सो अवसरमा जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...