भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र वैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुनेछ ।
बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा र्याली निकालिएको छ ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने बताए ।रासस