ताजा समाचार

वाम एकताको लागि ओली र दाहालबीच छलफल हुँदै

काठमाडौं, ३ वैशाख । अन्यौल बनेको वाम एकता प्रक्रियाबारे आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ ।

एकताका लागी कार्यदलस्तरमा सहमति भएका बिषयमा शीर्ष तहमा छलफल समेत हुन नसकिरहेका बेला आज दुई नेताबीच भेट हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलपछि आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने सम्भावना रहेको छ । यद्यपी माओवादी केन्द्रका अध्यक्ष उपत्यकाबाहिर रहेकाले छलफलको समय भने तय भईनसकेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । आजको बैठकबाट एकताका लागी टुंगोमा पुग्न बाँकी रहेका बिषयमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले दुई अध्यक्षबीचको छलफलपछि संयोजन समितिको बैठक बसी सबै बिषय टुंग्याउने हिसाबमा छलफलको तयारी भएको जानकारी दिनुभयो ।

दुवै पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । यद्यपी २ सातायता शीर्ष तहमा सम्बाद हुन नसक्दा पछिल्लो समय एकता प्रक्रियामा अन्यौल देखिएको छ । दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्हको बिषय पेचिलो बन्दै गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org