ताजा समाचार

राप्रपाका ‘सन्यासी नेता’ पुष्पराज पौडेल पक्राउ

 

काठमाडौं,११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पौडेल ठगी आरोपमा पक्राउ परेका छन् ।

पौडेलसहित सुनसरीको धरान ९ घर भइ काठमाडौं १० मा बस्दै आएका ५९ वर्षीय गोकुल श्रेष्ठलाई पनि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरुले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्वराज पोखरेलले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org