ताजा समाचार

एमालेसंगकाे एकिकरण प्रक्रिया सफल पार्न कठिन भइरहेकाे छ : प्रचण्ड

राैतहट,१३ वैशाख। राैतहटमा अायाेजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति सलबलाएकाे बताएका छन् ।

कार्यक्रममा एमालेसँग हुने भनिएकाे एकिकरण प्रक्रिया सफल पार्न कठिन भइरहेकाे प्रचण्डले बताए । दुबै पार्टिकाे कार्यदलले पेश गरेकाे एकता सम्बन्धी दस्दावेजमा छलफल गरी शुक्रबार अन्तिम रुप दिने तयारी गरिरहेकाे पनि प्रचण्डले बताए ।

पार्टी एकता काे विषय लामाे समयदेखिकाे अभ्यास हाे भन्दै प्रचण्डले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिस्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भइसकेकाे  थियो तर उनकाे त्यहि बीच हत्या भयो जसका कारण एकताकाे कुरा पनि सकियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org