ताजा समाचार

अब जनताले विकास र निर्माण हेर्न चाहेकाे छ: अध्यक्ष प्रचण्ड

काठमाडाैं,१८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब जनताले विकास र निर्माणको कामले गति पाएकाे हेर्न चाहेके बताएका छन् ।

बबरमहलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यसाे भनेका हुन् ।

प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेकोले सोही जिम्मेवारी पूरा गर्ने बताए ।

साथै कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरुमाथि पनि आएको बताए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org