ताजा समाचार

नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी परिसरमै फिर्ता पठाइने

 

 

काठमाडौं,१ जेठ। सरकारी कागजात कीर्ते गरेको आरोप लागेका पूर्व डिआईजी नवराज सिलवालको थन्किएर रहेको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाउन लागिएको छ।

सरकारी वकिलको कार्यलयमा फागुन २ गते नै पठाइएको अनुसन्धान प्रतिवेदन यतिकै थन्किएर रहेको थियो तर महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि फेरी प्रहरी परिसरमै फिर्ता पठाउन लागिएको हो ।

नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले आफूलाई आईजीपी बनाउनु पर्ने माग गर्दै सर्वोच्च अदाललमा रिट दायर गरेका थिए । तर उनले पेश गरेको कासमु  ( कार्यसम्पादन मूल्याङ्कन)  फरक परेपछि कीर्ते गरेको आरोपामा  सर्वोच्चले छानविन गर्न आदेश दिएको थियो  ।

सरकारी कागत किर्ते गरेकाे अाराेपमा महानगरीय प्रहरी परिसर काठमाडौंले अभियोग दर्ता गर्दै सिलवालविरुद्ध पक्राउ पूर्जी  जारी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org