ताजा समाचार

मदन भण्डारीको स्मृति दिवसकै दिन पार्टी एकता गर्न लागेकोमा गौरवान्वित भएको छु : प्रचण्ड

 

काठमाडौं,३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आज  मदन भण्डारीको स्मृति दिवसका अवसरमा पार्टी एकता गर्न लागेकोमा गौरवान्वित भएको बताएका छन्।

एमालेका स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै दाहालले आजको दिन एमाले र माओवादीबीच एकता हुने भएकाले आफूलाई गर्व लागेको बताएका हुन्।

स्मृति दिवस कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर  थापाको उपस्थिति रहेको थियो । एमाले र माओवादीको एकता संयोजन समितिको बैठक केहीबेरमा बस्दैछ। नयाँ पार्टीलेआजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org