ताजा समाचार

ईट्टा उद्योगमा बम विस्फोट, झण्डै ६ लाख बराबरको क्षति

धादिङ ९, जेष्ठ । धादिङको एक ईट्टा उद्योगमा अपरिचित समुहले मध्यरातमा बम विष्फोट गराएको छ ।

धुनिबेशी नगरपालिका-३ को जिवनपुर ईट्टा उद्योगमा बम विष्फोट गराइएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जिवन निरौलाले बताए ।

विस्फोटका कारण झण्डै ६ लाख बराबरको नोक्सानी भएको छ भने ईट्टा उद्योगको चिम्नी, जेनेरेटर, ढुवानी साधनहरुमा समेत क्षति पुगेको छ ।

६ महिनाअघि विप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकोले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६ सय मजदुरले काम गर्ने उद्योगमा मजदुरहरु  बिदामा वसेको मौकामा विस्फोट गराइएको थियो । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org