ताजा समाचार

छिमेकीको उपहार कुकुर गृहमन्त्री थापाको सम्पत्ति विवरणमा

काठमाडाै ९, जेष्ठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्पत्ति विवरणमा छिमेकीबाट उपहार आएको २ वटा कुकुर समेत समावेश गरेका छन् ।

सुन तस्करीविरुद्द कडा रुपमा प्रस्तुत भएका थापासँग भने जम्मा ६ तोला मात्रै सुन रहेको उल्लेख गरेका छन् । गृहमन्त्री थापाको नाममा कुनै जग्गा जमिन तथा सवारी साधन नरहेको खुलाएका छन् ।

थापाको बैंक खातामा भने जम्मा ५० हजार रकम रहेको छ तर रेस्टुरेन्टबाट आएको ३ लाख रुपैया नगद भने आफैसँग रहेको छ ।

थापा पत्नी नैनकला थापाको नाममा बने चितवनमा १ कठ्ठा ३ धुर जग्गा रहेको छ । त्यस्तै चितवनको भोजाङमा पत्नी थापाको पेवाको रुपमा ३ कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा रहेको छ ।

थापा चढ्ने बा ९ च ७४३२ नम्बरको गाडी समेत तत्कालीन नेकपा माआेवादी केन्द्रको नाममा रहेको छ । थापाकी पत्नी नैनकलाको नाममा तामाकोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ भने, ६ तोला सुनको स्रोत चाहिँ पत्नीलाई भाईले विदेशबाट उपहार ल्याइदिएको खुलाएका छन् ।

२ वटा कुकुरमध्ये एउटा भाले हो बने एउटा पोथी ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org