ताजा समाचार

पाँच हजार देखि पाँच लाखसम्म बाइकको मूल्य बढ्ने, उसो भए कुनको कति पर्ला त ?

काठमाडौं १६, जेष्ठ । अहिले युवापुस्तामा एउटा गढेको प्रश्न हो, कुन मोटरसाइकलको मूल्य कति पर्ला भन्ने ? सरकारले ल्याएको बजेटले मूल्य बढ्नेमा त कुनै आशंका नै छैन तर कति ? यो भने खुलदुलीको विषय हो नै ।

अस्तव्यस्त काठमाडाैमा बाइक सवैको रोजाइको सवारी साधन बन्न पुगेको छ भने, यो मध्यमवर्गका मानिसको पहुँच भित्रको कुरा पनि हो । बढ्दो ट्राफिक जामका कारण पनि मोटरसाइकल सहज सवारी बनेको छ ।

तर, बजेटसँगै मोटरसाइकलको मूल्य ५ हजारदेखि ५ लाख रुपैयाँसम्म बढ्ने देखिएको छ ।

नयाँ करका आधारमा अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।

तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा निकै बढी हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छा २५० सीसीसम्मका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने बताउँछन् ।

उनकाअनुसार बढेको अन्तः शुल्क र सडक दस्तुर वृद्धिका कारण १५० सीसीभन्दा माथि र २५० सीसीभन्दा तलका बाइकमा ३० हजारसम्म मूल्य बढ्ने छ ।

त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ ।

४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ । सीसी क्षमता जति बढी हुन्छ, त्यसैका आधारमा अन्तशुल्क लाग्ने भएकाले महंगा बाइकको मूल्य ५ लाखसम्म बढ्ने उनको भनाइ छ ।

कमपनीको मूल्यमा अव भने सीसी अनुसार थपिएको मूल्य जोड्दा आउने मूल्य नै अव कायम हुन आउने मूल्य हुनेछ । तर, कम्पनीले कहिले देखि लागु गर्छन यो भने उनीहरुकै वसको विषय हुनेछ ।

सरकारले धेरै सीसी इन्जिनका सवारीलाई बिलासीताको सुचीमा राख्नुनै समस्या रहेको जानकारहरु बताउछन् ।

ठूला इन्जिनका बाइक पहाडी भेगमा अत्यावस्यक भएकाले यसरी मूल्य आँखा चिम्लेर बढाउनु दुर्बाग्यपूर्ण कुरा रहेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org