ताजा समाचार

चार मिनेट ढिला हुँदा २८ वर्षे युवकले गरे आत्महत्या, आखिर कहाँ जादै थिए त उनी ?

काठमाडाैं २२, जेष्ठ । भारतको करनाटकका २८ वर्षे छात्रले लोकसेवा परीक्षामा प्रवेश नपाएपछि झुण्डिएर आत्महत्या गरेका छन् ।

कर्नाटकका २८ वर्षे  छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ ।

स्रोतका अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्टर पुगेका थिए । सेन्टर गलत भएको थाहा पाएपछि उनी ९ बजेर २४ मा आफ्नो सेन्टर सर्वोदय बाल विद्यालय पुग्दा उनलाई चार मिनेट ढिलो भयो भन्दै प्रवेश गराइएन । त्यहाँ उपस्थिती पुलिसकर्मी र सेन्टर सुपरिन्टेन्डेन्टलाई आग्रह गर्दासमेत उनले परीक्षामा प्रवेश हुन नपाएपछि भाडाको कोठामा फर्किएपछि आत्महत्या गरेको बताइएको छ ।

पुलिसले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको छ जसमा उनले आफ्नो परिवारलाई माफी दिन र बिर्सिदिन बिन्ती गरेका छन् ।

परीक्षाका लागि उनले निकै लामो समयदेखि तयारी गरिरहेको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org