फेसबुक ट्वीटरको विकल्पमा अब नयाँ सोसल मिडिया खोल्ने घोषणा
एजेन्सी- एक चर्चित इन्टरनेट व्यवसायीले फेसबुक तथा ट्वीटरको विकल्पमा अब एउटा नयाँ सोसल मिडिया प्लेटफर्म स्थापना गर्ने घोषणा गरेका छन् ।
मेगा अपलोड तथा मेगा जस्ता चर्चित क्लाउड कम्प्युटिङ कम्पनीका संस्थापक समेत रहेका किम डोक्टोमले फेसबुक र ट्वीटरलाई राज्यविरुद्धका गम्भीर अपराधीको संज्ञा दिँदै अब तिनीहरुको विकल्प खोज्ने बेला भएको बताएका छन् ।
ट्वीटरमा यसको घोषणा गर्दै उनले सीआर्इएका गोप्य सूचनाहरुको खुलासा गर्ने इडवार्ड स्नोडेन, विकिलिक्सका संस्थापक जुलियन असान्ज र जर्मन ह्याकर एसोसिएसन केओस कम्प्युटर क्लबलाई आफूसँग सहकार्य गर्न आव्हान गरेका छन् ।
डोक्टोम हाल अमेरिका सुपुर्दगीको विरुद्धमा न्युजिल्याण्डमा कानूनी लडाइँ लडिरहेका छन् । अमेरिकाले कपिराइट उल्लंघन तथा ठगीको अपराधमा अदालतमा पेश गर्नका लागि डोक्टोमलाई सुपुर्दगी गर्न न्यूजिल्याण्डसमक्ष आग्रह गरिरहेको छ ।
ट्वीटर भविष्यमा माइ स्पेस जस्तै अनलाइन घोस्ट टाउन बन्ने भविष्यवाणी गर्दै उनले गोपनीयताको वास्तविक तथा पूर्ण संरक्षणका साथै भरोसायोग्य स्रोत सामाग्रीमाथि शून्य सेन्सरसीप भएको वैकल्पिक सोसल नेटवर्क आवश्यक रहेको बताएका छन् ।
डोक्टोमले ट्वीटर अब मृत्युशैयामा पुगिसकेको छ भन्ने तर्क पेश गर्दै यस विषयमा आफ्ना ७ लाख ३२ हजार फलोअर्सकोसँग मत सर्भेक्षण गरेका थिए । त्यसमा सहभागी हुने २० हजार ट्विटर प्रयोगकर्तामध्ये ८९ प्रतिशत उनको तर्कसँग सहमत देखिएका छन् ।
सरे विश्वविद्यालयका साइबर सेक्योरिटी विज्ञ प्राध्यापक एलान उडवार्ड चाहिँ यो सबै विषय विश्वासको वरिपरि घुमेको बताएका छन् ।
‘के तपाइँ फेसबुक र ट्वीटर सञ्चालन गर्नेहरुलाई भन्दा किम डोक्टोम र जुलियन असान्ज आदिलाई विश्वास गर्न सक्नुहुनछ रु’, उनी प्रश्न गर्दछन् ।
फेसबुक र ट्वीटरजस्ता सोसल मिडियाहरु पछिल्लो समयमा बढ्दो तनावबाट गुज्रिरहेका र निकै पाठ सिकिरहेका भन्दै उनले नयाँ सोसल मिडियाहरुले पनि यसरी नै सिक्नुपर्ने उनको भनाइ छ । बीबीसी
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...