ताजा समाचार

अहिले तुरुन्तै नेकपासंग एकता हुने संभावना छैन् : यादव

काठमाडौँ । संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

दुई पार्टीबीच एकता हुने भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा समाचार प्रचारित भएपछि पार्टीले बिहिबार विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको हो ।

पार्टीले त्यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लेखेको छ,

संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्छ र विचार मिल्ने दल–पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ ।

तर, यस बीच फोरम नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै सम्भावना नरहेको अवस्था पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिँदैछ ।

विज्ञप्तिमा गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियत भएको भन्दै यसमा कुनै सत्यता नरहेको दाबी गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org