केन्या विमान दुर्घटनामा १० जनाको मृत्यु
नैरोबी, २४ जेठ,। केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टी गरिएको छ ।
विमान हराएको दुई दिनपछि विमान संचालक संस्था र सरकारी अधिकारीहरूले बिहीबार उनीहरुको मृत्यु भएको पुष्टि गरेका हुन् ।
“दुर्भाग्यवस हामीलाई उनीहरू कोही पनि जीवित नरहेको विवरण आएको छ, दिवंगत भएका यात्रुहरूको परिवारजनप्रति हामी अत्यन्त गहिरो समवेदना व्यक्त गर्दछौं,” यातायात मन्त्रालयका प्रमुख सचिव पौल मारिङगाले भने ।
हराइरहेकाहरूको खोजी गर्न तथा घटनाका बारेमा अनुसन्धान गर्न एउटा टोली घटनास्थल तर्फ गएको थियो ।
दुर्घटनामा परेको व्यक्तिहरूका आफन्त भेला भएको वेस्टन होटलमा फ्लाई साक्सका अध्यक्ष कार्लेस वाकोले पत्रकारहरूलाई भन्नुभयो, “दुर्घटनामा परेको कोही पनि जीवित हुनुहन्न भन्ने खबरबाट हामी अत्यन्त विक्षिप्त भएका छौं ।”
दुर्घटनामा परेको विमान इष्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको हो । जुन विमान गत मङ्गलबार मध्यान्ह पश्चिमी सहर कितालेबाट उडेको थियो ।
विमान उडेको झण्डै ८० मिनेटपछि सम्पर्क विहीन भएको संचालक कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका यात्रुको आफन्तजनप्रति राष्ट्रपति उहुरु केन्याटाले पनि समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तजनलाई आगामी दिनमा प्रशासनले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...