राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने
सिङटन, २५ जेष्ठ । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ ।
क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्काे हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उनी क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानाडाको क्युबिकमा आइतबार जि७ को बैठकमा सहभागी हुनेछन् ।
ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।
सिङ्गपुरमा कति दिनको लागि बस्ने भन्ने बारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले पनि त्यहाँ बस्ने समय कुनै निश्चित नभएको बिहीबार बिहान सञ्चार माध्यमलाई बताएका छन् ।
उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– एक दुई वा तीन जति दिन पनि हुनसक्छ तर त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ ।
उक्त वार्ताको तयारी पूरा भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन् । ती देशका अधिकारीहरुले सो वार्ताका लागि आफूहरुले अन्तिम तयार गरेको जनाएका हुन् ।
यसैबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार मात्र अमेरिकाको भ्रमण गरेका छन् ।
उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आजको तीन दिनपछि अर्थात् जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ ।
अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपटि ट्रम्पले पनि विभिन्न देशका सरकार प्रमुखहरुसँग फोनवार्ता गरेका छन् ।
ती वार्ताहरुमा आगामी शिखर वार्ताको बारेमा अमेरिकाले विभिन्न देशको धारणा बुझ्ने काम गरेको पनि समाचारमा बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जापानसँग महिना दिन यता यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।
यस वार्तालाई उत्तर र दक्षिण कोरिया र अमेरिकामात्र नभएर विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो ।
उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो अनेकौँ ट्वीटहरुमा यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गरेका छन् ।
यस वार्ताका लागि अमेरिका र उत्तर कोरिया पनि निकै सकारात्मक देखिएका छन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गर्नुभएको छ । त्यस्तै राष्ट्रपत ट्रम्पले पनि समय समयमा दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि फोन वा भेटवार्ता गरिरहेका छन् ।
Comments
अरु समाचार
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...