ताजा समाचार

बजेट बारे मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदै

 

 

 

काठमाडाैं,२७ जेठ । आर्थिक वर्ष २०७५र ७६ को बजेटबारे अाज ११ बजे  मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ ।

पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा छ ।

शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ । जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org