महाकुम्भ विश्वकपबारे २० रोचक कुरा
एजेन्सी । आजदेखि रुसकाे राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ ।
आजबाट उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ ।
विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ ।
१. यो विश्वकप फुटबलको २१ औँ संस्करण हो ।
२. यस विश्वकपको छनौटका लागि पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच भएको थियो । यस खेलमा टिमोर ५–१ ले विजय बनेको थियो । तर, पछि टिमोरबाट आयोग्य खेलाडीहरु खेलाइएको खुलेपछि हारका बावजुद मंगोलियालाई विजेता घोषित गरिएको थियो । तर, यो फैसला निकै ढिलो आएको कारण टिमोरको टोली नै अघि बढेको थियो । आफ्नो पक्षमा फैसला आए पनि मंगोलियाको भाग्य भने परिवर्तन भएन ।
३. यस पटकको विश्वकपमा कुल ३२ टोली रहेका छन् । सन् २०२६ पछि ४८ टोली विश्वकपमा भाग लिनेछन् ।
४. आइसल्याण्ड र पानामा पहिलो पटक विश्वकप खेल्न गइरहेका छन् ।
५. ब्राजिल एक मात्र देश हो जसले विश्वकपको हरेक संस्करण खेलेको छ र सबैभन्दा धेरै पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ । यदी यसपटक ब्राजिलले विश्वकप जिते उसको यो छैटौँ उपाधि हुनेछ ।
६. जर्मनी ब्राजिल र इटालीपछि लागातार दुई पटक विश्वकप जित्ने टोली बन्ने दाउमा छ । सन् १९५८ र १९६२ मा ब्राजिल तथा सन् १९३४ र १९३८ मा इटालीले लगातार दुईपटक विश्वकपमाथि कब्जा जमाएको थियो ।
७. जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टोली हो । जर्मनीले सन् २००६ मा १४, सन् २०१० मा १६ र सन् २०१४ मा १८ गोल गरेको थियो ।
८. रुसका ओलेका सालेंको विश्वकपको एक खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् १९९४ मा क्यामरुनबिरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।
९. पछिल्लो विश्वकप करीब ३.२ अर्ब मानिसले हेरेका थिए । यो विश्वको लगभग आधा जनसंख्या हो ।
१०. हालसम्म विश्वकप विजेता टोलीको प्रशिक्षक सोही देशका रहेका छन् ।
११. रुस विश्वकपको नकआउट चरणसम्म पुग्न सकेको छैन । यसपटक घरेलु मैदानमा उसलाई फाइदा हुने आशा गरिएको छ ।
१२. सन् २०१८ नाइजेरियाका लागि छैटौँ विश्वकप हुनेछ ।
१३. दक्षिण कोरिया १० औँ पटक विश्वकप खेल्न लाग्दैछ । अन्य कुनै पनि एसियाली मुलुकले यति धेरै पटक विश्वकपमा प्रतिनिधित्व गरेको छैन ।
१४. ईरान लगातार दुई विश्वकपको लागि छनौट भएको यो पहिलो अवसर हो ।
१५. आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो । यसको जनसंख्या मात्र ३ लाख ३४ हजार रहेको छ ।
१६. नेदरल्याण्ड उपाधि नजिते पनि धेरै विश्वकप खेल्ने राष्ट्र हो । तर, यसपटक ऊ विश्वकपमा छनौट हुन सकेन ।
१७. सन् १९५८ पछि पहिलो पटक इटाली विश्वकपमा छनौट हुन असफल भएको हो । इटालीले अहिलेसम्म चार पटक – १९३४, १९३८, १९८२ र सन् २००६ मा विश्वकप जितेको छ ।
१८. सन् १९८६ पछि अमेरिका पनि विश्वकपमा छनौट हुन सकेन ।
१९. पहिलो पटक एसिया र युरोप दुवै महादेशमा खेल हुँदैछ ।
२०. पानामाका राष्ट्रपतिले आफ्नो फुटबल टोली विश्वकपमा छनौट भएपछि अक्टुबर ११ मा राष्ट्रिय विदाको घोषणा गरेका थिए ।
Comments
अरु समाचार
-
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...