ताजा समाचार

महाकुम्भ विश्वकपबारे २० रोचक कुरा

 

एजेन्सी । आजदेखि रुसकाे राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ ।

आजबाट उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ ।

विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ ।

१.  यो विश्वकप फुटबलको २१ औँ संस्करण हो ।

२.  यस विश्वकपको छनौटका लागि पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच भएको थियो । यस खेलमा टिमोर ५–१ ले विजय बनेको थियो । तर, पछि टिमोरबाट आयोग्य खेलाडीहरु खेलाइएको खुलेपछि हारका बावजुद मंगोलियालाई विजेता घोषित गरिएको थियो । तर, यो फैसला निकै ढिलो आएको कारण टिमोरको टोली नै अघि बढेको थियो । आफ्नो पक्षमा फैसला आए पनि मंगोलियाको भाग्य भने परिवर्तन भएन ।

३.  यस पटकको विश्वकपमा कुल ३२ टोली रहेका छन् । सन् २०२६ पछि ४८ टोली विश्वकपमा भाग लिनेछन् ।

४.  आइसल्याण्ड र पानामा पहिलो पटक विश्वकप खेल्न गइरहेका छन् ।

५.  ब्राजिल एक मात्र देश हो जसले विश्वकपको हरेक संस्करण खेलेको छ र सबैभन्दा धेरै पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ । यदी यसपटक ब्राजिलले विश्वकप जिते उसको यो छैटौँ उपाधि हुनेछ ।

६.  जर्मनी ब्राजिल र इटालीपछि लागातार दुई पटक विश्वकप जित्ने टोली बन्ने दाउमा छ । सन् १९५८ र १९६२ मा ब्राजिल तथा सन् १९३४ र १९३८ मा इटालीले लगातार दुईपटक विश्वकपमाथि कब्जा जमाएको थियो ।

७.  जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टोली हो । जर्मनीले सन् २००६ मा १४, सन् २०१० मा १६ र सन् २०१४ मा १८ गोल गरेको थियो ।

८.  रुसका ओलेका सालेंको विश्वकपको एक खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् १९९४ मा क्यामरुनबिरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।

९.  पछिल्लो विश्वकप करीब ३.२ अर्ब मानिसले हेरेका थिए । यो विश्वको लगभग आधा जनसंख्या हो ।

१०.  हालसम्म विश्वकप विजेता टोलीको प्रशिक्षक सोही देशका रहेका छन् ।

११.  रुस विश्वकपको नकआउट चरणसम्म पुग्न सकेको छैन । यसपटक घरेलु मैदानमा उसलाई फाइदा हुने आशा गरिएको छ ।

१२.  सन् २०१८ नाइजेरियाका लागि छैटौँ विश्वकप हुनेछ ।

१३.  दक्षिण कोरिया १० औँ पटक विश्वकप खेल्न लाग्दैछ । अन्य कुनै पनि एसियाली मुलुकले यति धेरै पटक विश्वकपमा प्रतिनिधित्व गरेको छैन ।

१४.  ईरान लगातार दुई विश्वकपको लागि छनौट भएको यो पहिलो अवसर हो ।

१५.  आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो । यसको जनसंख्या मात्र ३ लाख ३४ हजार रहेको छ ।

१६.  नेदरल्याण्ड उपाधि नजिते पनि धेरै विश्वकप खेल्ने राष्ट्र हो । तर, यसपटक ऊ विश्वकपमा छनौट हुन सकेन ।

१७.  सन् १९५८ पछि पहिलो पटक इटाली विश्वकपमा छनौट हुन असफल भएको हो । इटालीले अहिलेसम्म चार पटक – १९३४, १९३८, १९८२ र सन् २००६ मा विश्वकप जितेको छ ।

१८.  सन् १९८६ पछि अमेरिका पनि विश्वकपमा छनौट हुन सकेन ।

१९.  पहिलो पटक एसिया र युरोप दुवै महादेशमा खेल हुँदैछ ।

२०.  पानामाका राष्ट्रपतिले आफ्नो फुटबल टोली विश्वकपमा छनौट भएपछि अक्टुबर ११ मा राष्ट्रिय विदाको घोषणा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org