विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने
बर्दिवास, ३१ जेठ। महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् ।
महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो ।
आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पुर्याउन लागेका हुन् । विश्वकप फुटबलको अवधिभर लाइभ देखाउँदा प्राप्त हुने रकम रक्त सञ्चार केन्द्र भवन निर्माणमा सहयोग गरिने महोत्तरी होटल व्यवसायी संघ बर्दिवासका महासचिव रेवन्त कार्की सुदीपले जानकारी दिए ।
“रक्त सञ्चार केन्द्रको भवन रकम अभावले पूर्ण हुन सकेको छैन” महासचिव कार्कीले भने,“अहिले विश्वकप फुटबल हेर्न लालायित ठूलै जमात यहाँ देखियो, हामीले यो अवसरलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोड्न चाह्यौँ ।”
बिहीबार साँझ शुरु हुने विश्वकप फुटबलको लाइभ बर्दिवास सेवा समितिको सभा भवनमा प्रोजेक्टरको सहयोगमा होटल व्यवसायीले दर्शकलाई देखाउन लागेका हुन् । यो लाइभ हेर्न चाहनेले रु २०० को सहयोग रसिद लिनुपर्ने संघले निर्णय गरेको छ । आज बिहानसम्म २०० टिकट गइसकेको महासचिव कार्कीले जानकारी दिए ।
“बर्दिवास सेवा समितिको सभाभवन ६०० दर्शक अट्ने क्षमताको छ” महासचिव कार्कीले भने, “अहिलेसम्मको सम्पर्कले दर्शकको संख्या यस्तै हाराहारीको हुने ठानेका छौँ ।” विश्वकप फुटबलको उत्सवसँगै जोडेर रक्त सञ्चार केन्द्रको भवन निर्माणमा रु एक लाख सहयोग गर्न सकिने होटल व्यवसायीले अपेक्षा राखेका छन् ।
होटल व्यवसायीले विश्वकप फुटबलको उत्सवलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोडेपछि बर्दिवास नगर क्षेत्रका टोल सुधार समितिमा आबद्ध युवा पनि सहयोग जुटाउन लागी परेका छन् । “होटल व्यवसायीले राम्रो सोच ल्याए, हामी पनि सहयोगमा जुटेका छौँ” बर्दिवास युवा टोल सुधार समितिका अध्यक्ष फणीन्द्र भट्टराई ‘बिजु’ले भने ।
रचनात्मक कामको सहयोगमा होटल व्यवसायीसँगै स्थानीय युवा पनि सक्रिय भएपछि योबारे सकारात्मक चासो बढेको छ । विश्वकप फुटबलको लाइभ इलाका प्रहरी कार्यालय, बर्दिवास, एकीकृत सेवा केन्द्र बर्दिवास र बर्दिवास उद्योग वाणिज्य संघसँग समन्वय गरेर सुरक्षा प्रबन्ध मिलाइएको महोत्तरी होटल व्यवसायी संघ बर्दिवासले जनाएको छ ।
Comments
अरु समाचार
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...