ताजा समाचार

नेकपाको पहिलो स्थायी कमिटी बैठक भाेलि

 

काठमाडाैं,१ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा पहिलो स्थायी कमिटी बैठक  बोलाएका छन् ।

नेकपाका पार्टी अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गरेर शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा  पहिलो स्थायी कमिटी बैठक  बोलाएका हुन् ।

स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने र महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्ने बिष्णु रिजालले बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org