मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिना र आइसल्यान्डले खेले बराबरी
मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिना र आइसल्यान्डले खेले बराबरी
अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको छ। पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले अर्जेन्टिनालाई १(१ गोलको बराबरीमा रोक्न सफल भएको छ।
खेलको १९ औँ मिनेटमा सेर्गियो अगुएरोले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर यो अग्रता चार मिनेट पनि टिकेन। अल्फ्रेओ फिनबोगासनले २३ औँ मिनेटमा गोल गरेपछि मध्यान्तरसम्म खेल १(१ को बराबरीमा टुङ्गियो। मध्यान्तरपछि पनि स्कोरलाइनमा कुनै प्रगति भएन।
पेनाल्टी बक्समा मेस्सीलाई लडाएवापत ६४ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्न चुक्दा अर्जेन्टिना निराश हुनुपर्यो।
अर्जेन्टिनाले प्रयास भने नगरेको हैन। ६ वटा बल अन टार्गेटमा थिए। मेस्सी एक्लैका १० वटा प्रयास ब्लक भए। कर्नरसमेत उसले १० वटा पाएको थियो जबकि आइसल्यान्डले दुई वटा मात्रै पाएको थियो। ७३ प्रतिशत बल अर्जेन्टिनाले कभर गरेको थियो।
Comments
अरु समाचार
-
करदाता सेवा कार्यालयको काम सेवा स्थानीय तहमा हस्तान्तरण, फाइदा के होलान् ?
काठमाडौं । करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। आन्तरिक राजस्व विभागका...
-
‘अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक’
विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा बुधबारबाट...
-
प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्धामा आज पेशी
काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा...
-
रास्वपा, राप्रपा र जनमत पार्टीका कार्यालय अनुगमन गर्दै सरकार
काठमाडौँ । निर्वाचनको अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका...
-
बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा २९ लेखापढी व्यवसायी पक्राउ
विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट २९ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा...
-
यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय...
-
पाँच महिनामा २० अर्ब १४ करोडको आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका...
-
कति छ अस्ट्रेलियन डलरको खरिद/बिक्रीदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर...












