यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।
सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उमेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।
निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उमेदवार अयोग्य हुनेछन् । पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसंख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर गरेकालाई अयोग्य घोषणा गरिनेछ ।
नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको भए पनि त्यस्ता उम्मेदवार अयोग्य हुने व्यवस्था छ ।
संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गेको मितिले छ वर्ष पूरा नभएकासमेत अयोग्य हुने कानुनी प्रबन्ध छ । जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका उम्मेदवार हुन पाउँदैनन् ।
प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उमेदवार हुन पाउँदैनन् । नेपालको नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै संघीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको उमेदवार भने योग्य हुने प्रबन्ध छ । रासस
Comments
अरु समाचार
-
‘अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक’
विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा बुधबारबाट...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा...
-
रास्वपा, राप्रपा र जनमत पार्टीका कार्यालय अनुगमन गर्दै सरकार
काठमाडौँ । निर्वाचनको अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका...
-
प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई भनिन्- मेरो गोरुको बाह्रै टक्का नभन्नूस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरू चुनावको पक्षमा रहेको बताएकी छन् । सर्वपक्षीय बैठकमा सबै दलका नेता, जेनजी प्रतिनिधिहरूको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
चितवनबाट रविको दौडधुप सुरु, आज दिनभर के–के गर्दै छन् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएसँगै आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । बुटवलको सुप्रिम सहकारी...












