कलाको विकासमा परिषद्
काठमाडौँ, ४ असार। सरकारबाट कलाको विकासका लागि यथेष्ट सहयोग प्राप्त नभएपनि यस क्षेत्रको विकासको सम्भावना रहेको नेपाल कला परिषद्ले जनाएको छ ।
कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा परिषद्को विसं २०१९ मा स्थापना भएको हो । प्रारम्भका दिन वरिष्ठ कलाकार लैनसिंह बांङ्गदेलले नेतृत्व गर्दै आएको सो परिषद्मा हाल शताब्दी पुरुष सत्यमोहन जोशीले नेतृत्व दिइरहेका छन् ।
रासससँग कुरा गर्दै परिषद्का महासचिव शंकरनाथ रिमालले सफल कलाकार बन्न कलाकार आफैँले पनि कला निखार्न सक्नुपर्ने बताए। उनले सरकारी अनुदान नाम मात्रको पाउने गरिएको र वार्षिक एक÷दुई लाख पाउने आर्थिक सहयोगबाट कलाकारको क्षमता वृद्धि तथा कलाको विकासका लागि सक्दो प्रयास गर्दै आएको जानकारी दिए ।
परिषद्मा स्वदेशी तथा विदेशी कला प्रदर्शनी हुने गरेको छ । तर एकल चित्रकला प्रदर्शनी गर्ने तथा आर्थिकरुपमा कमजोर भएका आयोजकलाई केही शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । लैनसिंह बांगदेल, तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्ट, मृगेन्द्र शम्शेर राणा, नाटककार बालकृष्ण समको सामूहिक प्रयासबाट कला परिषद्को स्थापना भएको थियो ।
धार्मिक तथा परम्परागत चित्र तथा पौभाजस्ता चित्रले नेपालको मौलिकपनको उजागर गर्ने महासचिव रिमालको भनाइ छ । कला क्षेत्रमा प्रवेश गरेका युवा कलाकारले आफ्नो भविष्य मौलिक कलाको सिर्जनाबाट गर्नसक्ने उनकाे विश्वास छ ।
Comments
अरु समाचार
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...
-
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा...
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...