ताजा समाचार

काँग्रेस जिल्ला सभापतिहरुको भेला

 

हेटौँडा, ५ असार। नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ ।

सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटाैँडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org