मानवअधिकार र सञ्चार तालीम
रामपुर, पाल्पा, ५ असार । मानवअधिकार र सञ्चार विषयक दुईदिने तालीम पाल्पामा सोमबार शुरु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तालीममा जिल्लाका मानव अधिकारकर्मी र पत्रकारका लागि तालीम आयोजना गरिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढेको बताउनुभएको छ । उनले राजनीतिमा व्यापारीकरण बढेको भन्दै त्यसको अन्त्यको लागि सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।
गरीब र निमुखा नागरिकको हकहितमा मानवअधिकारकर्मी र सञ्चार क्षेत्र समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए । पत्रकार सेनानी मेघराज शर्माले मानवअधिकार उल्लंघन भएका घटनालाई सञ्चारकर्मीले खोजीखोजी बाहिर ल्याउनुपर्ने बताएका छन् ।
पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारीले प्रत्येक नेपालीको घरमा मानवअधिकारको प्रत्याभूति गर्ने वातावरण बनाउन सञ्चारमाध्यम लाग्नुपर्ने बताउनुभयो । प्रशिक्षक यज्ञप्रसाद अधिकारीले विकासका लागि मानवअधिकारमुखी पद्धति र चन्द्रकान्त चापागाईले मानवअधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयमा सहजीकरण गरेका छन् ।
इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेनाले पाल्पा जिल्लामा मानवअधिकार रक्षकको अवस्था र चुनौती तथा पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशलले मानवअधिकार संरक्षणमा पत्रकारको भूमिका विषयमा सहजीकरण गरिरहेका छन् । पत्रकार महासंघ पाल्पा र मानवअधिकार निगरानी समूहको समन्वयमा हिजोबाट चलेको तालीम आज सकिनेछ ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...