चोट बल्झिदा नेइमार अभ्यास खेल खेल्न सकेनन्, के होला ब्राजिलको हालत ?
काठमाडौं ६, असार। ब्राजिलियन स्टार फवार्ड खेलाडी नेइमारको खुट्टाको चोट बल्झिएपछि अभ्यास खेल खेल्न सकेनन् ।
मंगलबार अभ्यासका क्रममा पुरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग गएका छन् । उनी त्यहाँबाट छिट्टै अभ्यासमा फर्कन टिमको विश्वास छ ।
पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।
विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध पुरै ९० मिनेट खेले । तर, १-१ बराबरी भएको खेलका क्रममा नेइमारमाथि १० पटक फउल भएको थियो ।
२०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा चोट लागेपछि सेमिफाइनल खेल गुमाएका थिए । क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले फउल गरेका थिए ।
नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले स्तब्ध भएको थियो ।
यो पटक भने ब्राजिलियन टिमलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिनु र स्टार स्ट्राइकर नेइमारको चोटले भने ब्राजिलियन टिममाथि केही दबाव थपिएको छ ।
Comments
अरु समाचार
-
टी–२० विश्वकपमा अमेरिकाको उत्कृष्ट सुरुवात, क्यानडा सात विकेटले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडामाथि ७ विकेटको सानदार जित निकालेको छ । पहिलो...
-
भलिबल खेलाडीका लागि आवासीय कबर्ड हल बनाउने: मन्त्री श्रेष्ठ
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबल खेलाडीका लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्। शनिबारबाट काठमाडौंमा सुरु भएको...
-
चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना...
-
टी २० विश्वकप: पहिलो खेलमा आज अमेरिका र क्यानडा भिड्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । टी-विश्वकपको नवौँ...
-
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्ध
काठमाडौं । आईसीसी टी–२० विश्वकप अगाडिको नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाले रद्ध भएको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी...
-
सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकाले दिएन भिसा
काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि...
-
आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा आज नेपालले अमेरिकासँग खेल्दै
काठमाडौं । टी–२० विश्वकप अगाडिको वार्मअप अन्तर्गतको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । आयोजक अमेरिका र...
-
प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको...
-
विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा...