ताजा समाचार

चोट बल्झिदा नेइमार अभ्यास खेल खेल्न सकेनन्, के होला ब्राजिलको हालत ?

काठमाडौं ६, असार। ब्राजिलियन स्टार फवार्ड खेलाडी  नेइमारको खुट्टाको चोट बल्झिएपछि अभ्यास खेल खेल्न सकेनन् ।

मंगलबार अभ्यासका क्रममा पुरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग गएका छन् । उनी त्यहाँबाट छिट्टै अभ्यासमा फर्कन टिमको विश्वास छ ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।

विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध पुरै ९० मिनेट खेले । तर, १-१ बराबरी भएको खेलका क्रममा नेइमारमाथि १० पटक फउल भएको थियो ।

२०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा चोट लागेपछि सेमिफाइनल खेल गुमाएका थिए । क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले फउल गरेका थिए ।

नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले स्तब्ध भएको थियो ।

यो पटक भने ब्राजिलियन टिमलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिनु र स्टार स्ट्राइकर नेइमारको चोटले भने ब्राजिलियन टिममाथि केही दबाव थपिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org