ताजा समाचार

चितवनका ६ स्थानीय तहको कूल बजेट कति ?

रत्ननगर, चितवन, ११ असार । आगामी आर्थिक वर्षका लागि चितवनका ६ वटा स्थानीय तहले रु ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेका छन् ।

महानगर र नगरपालिकाका सबैले बजेट प्रस्तुत गरे भने इच्छाकामना गाउँपालिकाले आइतबार औपचारिक रुपमा बजेट घोषणा भने गर्न सकेन । गाउँपालिकाको बजेट रु ३५ करोडको हाराहारीमा रहेपनि प्रस्तुत गर्न भने बाँकी रहेको छ ।

चितवनको भरतपुर महानगरपालिकाले ८७ बुँदे नीति तथा कार्यक्रमसहित कूल रु ३ अर्ब ३४ करोड ५ लाखको बजेट विनियोजन गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाहद्वारा प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ रु १ अर्ब ७० करोड र ४९ लाख रहेको छ भने पूँजिगत खर्चतर्फ रु १ अर्ब ६२ करोड ५६ लाख बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ रु १ करोड रहेको छ ।

रत्ननगर नगरपालिकाले ५१ बुँदे नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि रु ८४ करोड ५४ लाखको बजेट पारित गरेको छ जसमा आन्तरिक आय रु १० करोड ५८ लाख, सामाजिक सुरक्षा कार्यक्रम रु १२ करोड, संघीय सरकारबाट सशर्त अनुदान रु २६ करोड ७८ लाख, वित्तीय सामान्यीकरणतर्फ रु १२ करोड २ लाख तथा राजस्व बाँडफाँडतर्फ रु ९ करोड ५० लाखको बजेट रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org