ताजा समाचार

सहयोगको आशमा रोशनी, बचत तथा ऋण सहकारी संघद्वारा सहयोगको अपिल

काठमाडाैं २८, असार । आफ्नो जन्म दिनमा भनौ या कुनै अवसरमा , या केही रमाइलो केहि चाडपर्ब नयाँ सालमा अनाथ आश्रम , बृद्दा आश्रम , बाल आश्रम जस्तो पबित्र स्थलमा मनाउने रोशनि केसी अहिले सहयोगको आशामा छिन । गत जेष्ठमा दुर्घटनामा परेकी रोशनी केसी अहिले आफ्नो उपचारको लागि काठमाण्डौमा छिन ।

दुर्घटनामा परेपछि आफ्नो हातखुट्टासंगै टाउकोमा गम्भीर चोट लागेकि उनलाई पुगेसम्म घरबाट खर्च गरि उपचार गरिएको पारिवारिक स्रोत बताउछ । तर अत्याधिक खर्च लाग्ने भएपछी अझै लगभग १० लाख रकम जुटाउनका लागि अहिले परिवार दौडधुपमा छ ।

बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीकी महिला उपसमिति सदस्य समेत रहेकी रोशनी केसीको लागि सहयोग गर्न चाहनेले राष्ट्रिय सहकारी बैंक बुटवल शाखाको खाता न १३—०००१६—९ मा रकम जम्मा गर्न सकिने सहकारीका कृष्ण नेपालले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org